Logo

९ महिनामा एनआईसी एसियाले कमायो २ अर्ब २७ करोड

९ महिनामा एनआईसी एसियाले कमायो २ अर्ब २७ करोड



काठमाडौं । एनआइसी एशिया बैंकले चालू आर्थिक बर्षको तेस्रो त्रैमासमा २ अर्ब २७ करोड रुपैयाँ नाफा गरेको छ । बैंककले आफ्नो ब्याज आम्दानीमा वृद्धि गरेसँगै समग्र नाफामा सुधार गरेको हो ।

एनआइसी एसियाले बैंकले सो अबधिमा १ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ४१ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ । हाल बैंकको चुक्ता पूँजी ९ अर्ब रुपैयाँ रहेको छ । साथै बैंकको जिगेडा कोषमा भने १४ अर्ब रुपैयाँ जम्मा भएको छ ।

सो अबधिमा बैंकको खराब कर्जा भने बढ्न पुगेको छ । गत आबको सोही अबधिमा बैंकको खराब कर्जा कुल कर्जा प्रबाहको २ दशमलव ९० प्रतिशत रहेकोमा हाल बढेर ४ दशमलव २८ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL