काठमाडौं । ग्लोबल आइएमई बैंकले ललितपुरको मानभवनमा आफ्नो एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले सोमबार एक कार्यक्रमकाबीच सोमबार ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. ५, मानभवनस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा उक्त काउन्टर संचालनमा ल्याएको हो ।
जिल्ला प्रशासन कार्यालय ललितपुरमा सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सरल तथा सुलभ बैंकिङ सेवा प्रदान गर्न एक्सटेन्सन काउण्टर सुरु गरेको जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय, ललितपुरमा खोलिएको एक्सटेन्सन काउन्टर संगै बैंकको एक्सटेन्सन काउन्टरको संख्या ११ पुगेको छ ।
यसैगरि, बैंकले मिति २०७६ बैशाख २२ गते डोटी जिल्लाको जोरायल गाउँपालिका – १, गैरामा १ सय ३२ औँ शाखारहित बैंकिङ सेवाको शुरुवात गरेको छ । यसका साथसाथै ललितपुर जिल्लाको भैंसेपाटी स्थित नेपाल मेडीसिटी अस्पतालमा र काठमाण्डौं जिल्ला लाजिम्पाटस्थित त्रिशारा मलमा एटिएम सेवा समेत सुरु गरेको बैंकले जानकारी दिएको छ ।