Logo

एनआईसी एशिया बैंकले माग्यो ३ सय जना कर्मचारी, एसिस्टेन्ट देखि म्यानेजमेन्ट ट्रेनीसम्मलाई रोजगारीको अवसर

एनआईसी एशिया बैंकले माग्यो ३ सय जना कर्मचारी, एसिस्टेन्ट देखि म्यानेजमेन्ट ट्रेनीसम्मलाई रोजगारीको अवसर



काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न पदमा ३ सय जना कर्मचारी माग गरेको छ । बैंकले आफ्नो म्यानेजमेन्ट र एसिस्टेन्ट पदपुर्तीका लागि ३ सय जना कर्मचारीका लागि आवेदन माग गरेको हो । बैंकले म्यानेजमेन्ट ट्रेनीमा १ सय जना र एसिस्टेन्ट ट्रेनीका लागि २ सय जनाको लागि आवेदन माग गरेको हो ।

बैंकले मागेको म्यानेजमेन्ट ट्रेनीमा आवेदन दिनका लागि ३ बर्ष ननाघेको र ब्यवस्थापन विषयमा मास्टर डिग्री पुरा गरी विभिन्न तहका परिक्षमा कम्तीमा ५० प्रतिशत या २.५ जिपिए ल्याएको हुनुपर्ने बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार एसिस्टेन्ट ट्रेनी पदका लागि भने १८ बर्षदेखि ३० बर्ष उमेर र ब्यवस्थापन विषयमा ब्याचलर गरेको हुनुपर्ने बताएको छ । उक्त पदमा आवेदन दिनका लागि मे १९ तारिखसम्मको म्याद राखिएको छ । उक्त पदमा आवेदन दिनका लागि भने मेरोजव डटकम स्ल्यास एनआईसी एशियामा भर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL