Logo

मातातीर्थ औंशीको अवसरमा एनआईसी एशियाको अफर, १ हजारसम्म क्यास ब्याक

मातातीर्थ औंशीको अवसरमा एनआईसी एशियाको अफर, १ हजारसम्म क्यास ब्याक



काठमाडौं । एनआईसी एशिया बैंकले मातातीर्थ औंशीको अवसरमा क्यासब्याक योजना संचालनमा ल्याएको छ ।

बैंकले शनिबारमात्रै लागुहुने गरी ल्याएको उक्त योजनामा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, अनलाइन बैकिङ तथा मोबाइल बैकिङ मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा १ हजार रुपैयाँ सम्म क्यासब्याक पाउने जानकारी दिएको छ ।

त्यस्तै पोसबाट भुक्तानी गर्दा १० प्रतिशत वा ५ सय रुपैयाँ सम्मको क्यासब्याक पाउने बैंकले जानकारी दिएको छ ।

बैंकले २ सय ८२ शाखा २ सय ८९ एटिएम, ४० एक्सटेन्सन काउण्टर एवं २५ शाखा रहित बैकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL