काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको अध्यक्षमा पुनः राजेश कुमार श्रेष्ठ चयन भएका छन । बैंकको गत शुक्रबार बसेको २ सय ८५ औं सञ्चालक समितिको बैठकले उनलाई पुनः अध्यक्षमा चयन गरेको हो ।
उनी गत ३ बर्षदेखि उक्त बैंकको अध्यक्ष पदमा थिए । साधारण सभाले शेयरधनीहरलाई हाल कायम रहेको चुक्ता पूंजीको २ प्रतिशत बराबरको बोनस शेयर र ४ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । यो बोनस शेयर जारी पश्चात् बैंकको चुक्ता पूंजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको छ ।