Logo

एनआईसी एशियाको नयाँ शाखा मनमैजुमा, शाखा संख्या २८१ पुग्यो

एनआईसी एशियाको नयाँ शाखा मनमैजुमा, शाखा संख्या २८१ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौंको तारकेश्वरस्थित मनमैजुमा आफने नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै उक्त नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।

काठमाडौं स्थित मनमैजु शाखाकोे तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका उप–प्रादेशिक कार्यालय (प्रदेश न.३) का प्रमुख बिकास खरेलले उद्घाटन गरेका हुन ।

बैंकले हाल देशभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर तथा २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL