Logo

बालकोट र कीर्तिपुरमा प्रभु बैंकको शाखा, सेवाग्राहीलाई सहुलियत कर्जा

बालकोट र कीर्तिपुरमा प्रभु बैंकको शाखा, सेवाग्राहीलाई सहुलियत कर्जा



काठमाडौं । प्रभु बैंक लिमिटेडले भक्तपुरको बालकोट र काठमाडौंको कीर्तिपुरमा शाखा विस्तार गरेको छ ।

बैंकले विस्तार गरेको बालकोट शाखाको संघीय सांसद महेश बस्नेतले उद्घाटन गरेका छन भने कीर्तिपुर शाखाको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले सोमबार एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन ।

उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले बैंकले आफ्नो शाखा विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ सेवा प्रदान गरेको भन्दै खुसी ब्यक्त गरेका छन ।

बालकोटबासी तथा कीर्तिपुरबासीको आर्थिक समृद्धिका लागि बैंकले आवश्यकता अनुसार सहकार्य गर्न बैंक तयार रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिएका छन ।

बैंकले ‘सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अनुसार सञ्चालनमा ल्याएको विभिन्न शीर्षकका कर्जा उपलब्ध गराउँदै आएको छ ।

आवश्यकता अनुसार कर्जा उपभोग गरी आर्थिक स्तर बढाउन समेत आफ्ना ग्राहकलाई आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्