Logo

मेगा बैंक र प्लासिड एक्सप्रेसबीच सम्झौता, मलेसिया लगायत अमेरिका र बेलायतबाट समेत रकम पठाउन सकिने

मेगा बैंक र प्लासिड एक्सप्रेसबीच सम्झौता, मलेसिया लगायत अमेरिका र बेलायतबाट समेत रकम पठाउन सकिने



काठमाडौं । मेगा बैंक नेपाल र मलेसियाको प्लासिड एक्सप्रेस कम्पनीबीच सम्झौता भएको छ ।

मलेसियाबाट छिटो, छरितो र सहज रुपमा नेपालमा रेमीटान्स भित्र्याउन मेगा बैंकले प्लासिड एक्सप्रेससँग सम्झौता गरेको हो । सम्झौतापछि मलेसियामा कार्यरत नेपाली श्रमिकहरु थप लाभान्वित हुने बैंकको विश्वास रहेको छ ।

मलेसियाका साथै प्लासिड एक्सप्रेसमार्फत अमेरिका, बेलायत र इटालीबाट समेत नेपालमा रकम पठाउन सकिने व्यवस्था मिलाइएको बैंकले जानकारी दिएको छ ।

‘मेगा रेमीट’ को सञ्जाल दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, कुवेत, यूएई, भारत लगायतका देशमा बैंकले यस अघिनै सेवा विस्तार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्