Logo

जनता बैंकको नयाँ शाखा कैलालीको बलियामा, शाखा संख्या १२९ पुग्यो

जनता बैंकको नयाँ शाखा कैलालीको बलियामा, शाखा संख्या १२९ पुग्यो



काठमाडौं । जनता बैंकले कैलालीको लम्की चुहामा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले बुधबार एक कार्यक्रमको आयोजना गर्दै कैलालीको लम्कीचुहा नगरपालिकास्थित बलियामा उक्त शाखा कार्यालय संचालनमा ल्याएको हो ।

सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले बलिया शाखाको उद्घाटन गरेका हुन ।

उक्त समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बोहोराले जनता बैंकको स्थापनाले उक्त क्षेत्रका जनताको जिवनस्तर उठाउन महत्वपूर्ण भुमिका रहने चर्चा गरेका छन ।

बैंकका संचालक श्री रामबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्री, लम्कीचुहा नगरपालिकाको उपप्रमुख श्रीमती टिका थापा, लम्कीचुहा उद्योग बाणिज्य संघका अध्यक्ष पदम चौलागाईंले सम्बोधन गरेका थिए ।बैंकले उक्त नयाँ शाखा कार्यलय संचालनमा ल्याएसँगै बैंकको शाखा संख्या १ सय २९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्