Logo

एनआईसी एशिया बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता, स्वास्थ्य उपचारमा १० प्रतिशत छुट

एनआईसी एशिया बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता, स्वास्थ्य उपचारमा १० प्रतिशत छुट



काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्यान्सर हस्पिटल हरिसिद्घिबीच सम्झौता भएको छ ।

सम्झौता पछि बैंकका कर्मचारी, डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरुलाई नेपाल क्यान्सर हस्पिटलमा स्वास्थ्य उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधामा १० प्रतिशत सम्म छुट पाउने भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा हस्पिटलका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

बैंकले २ सय ८१ शाखा, २ सय ८९ एटिएम, ४० एक्सटेन्सन काउण्टर तथा २३ शाखा रहित बैंकिङ ईकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL