काठमाडौं । नबिल बैंकले नबिल ब्यालेन्स फण्ड २निष्काशन गरेको छ । बैंकले बुधबार एक कार्यक्रमको आयोजना गर्दै बन्दमुखी योजना अन्तर्गत १० बर्षसम्मका लागि १ अर्ब २० करोड रुपैयाँ बराबरको उक्त फण्ड निश्कासन गरेको हो ।
बैंकले नबिल म्युचुअल फण्ड अन्तर्गतको नबिल ब्यालेन्स फण्ड १ पनि संचालमा ल्याएको थियो । उक्त फण्डको राम्रो सफलतापछि बैंकले ब्यालेन्स फण्ड २ ल्याएको जानकारी दिएको छ ।
बैंकका अनुसार उक्त फण्डको अबधि १० बर्षका लागि हुनेछ । बैंकले ५ गते अर्थात बिहीबारदेखि खुल्ला गर्नेगरी ९ गतेसम्मका लागि उक्त फण्ड निष्काशन गर्ने जानकारी दिएको छ ।
उक्त फण्डमा लगानी गर्ने ईच्छुकहरुले आफ्नो सि आस्वा खाता रहेको बैंक वा मेरो शेयरमा लगईन गरी अनलाईन आवेदन पनि दिन सक्ने बैंकले जानकारी दिएको छ । बैंकका अनुसार ईच्छुक लगानीकर्ताहरुले न्युनतम १ हजार रुपैयाँदेखि १२ करोड रुपैयाँसम्म उक्त फण्डमा लगानी गर्न सक्नेछन ।
बैंकले उक्त फण्डमा मागभन्दा बढि आवेदन परेमा १ खर्ब ५० अर्ब सम्मको फण्ड पनि निष्काशन गर्न सकिने जानकारी दिएको छ ।