Logo

सनराइज बैंकको सनराइज समृद्धि बचत खाता सार्वजनिक, नयाँ बर्षमा १ बजे सम्म बैंक खुला रहने

सनराइज बैंकको सनराइज समृद्धि बचत खाता सार्वजनिक, नयाँ बर्षमा १ बजे सम्म बैंक खुला रहने



काठमाडौं । खोलौ बैंक खाता अभियान अन्तरगत सनराईज बैंकले ‘सनराइज समृद्धि बचत खाता’ योजना ल्याएको छ । उक्त खाता अन्तरगत खाता खोल्दा १ सय रुपैयाँ बैंकले नै जम्मा गरिदिने भएको छ ।

सनराइज समृद्धि बचत खातामा बैंकले अरु बचत खातावालहरुलाई दिदै आएको स्वास्थ्य बीमा, दुर्घटना बीमा लगायतका अन्य सम्पूर्ण सुबिधाहरु समेत प्रदान गर्ने छ ।

बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैशाख १ गते आईतबार पनि बैंकका सम्पूर्ण शाखाहरु बिहान १० बजे देखी दिउसो १ बजे सम्म खुला राख्ने भएको छ ।

बैंकले १ सय ४ शाखा, २८ शाखारहित बैंकिङ सेवा, ४ एक्सटेन्सन काउण्टर तथा १ सय १९ एटिएम मार्फत सेवा प्रदान गर्दै आई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL