काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र शिखर इन्स्योरेन्स लिमिटेडबीच सम्झौता भएको छ ।
बैंकले बैंकान्स्योरेन्स सेवा आदान प्रदान गर्ने उद्देश्यले कम्पनीसँग सम्झौता गरेका हुन । सम्झौता पछि बैंकका ग्राहकले सम्पूर्ण शाखा मार्फत कम्पनीको निर्जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले विस्वास लिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।
बैंकले ८१ शाखा तथा ३६ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै एबीबीएस, ईन्टरनेट तथा मोबाईल बैंकिङ, सिआश्वा लगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।