Logo

गुराँस लाइफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा पोलिसी

गुराँस लाइफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा पोलिसी



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

बैंकका शाखा मार्फत कम्पनीको वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सार्वाधिक आजीवन र पेन्सन जीवन बीमा योजना सहित १२ वटा जीवन बीमा योजना विक्री गर्ने गरी सम्झौता भएको हो ।

साथै अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले बैंकान्स्योरेन्स सम्झौता भएको बैंकले जानकारी दिएको छ ।

कम्पनीका सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेती र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले मंगलबार सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

सम्झौता पछि बैंकका ग्राहकहरुले सम्पूर्ण शाखाबाट कम्पनीको जीवन बीमा सम्बन्धि सेवा लिन सक्नेछन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हाल मात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL