Logo

नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा पेप्सिकोलाको टाउनप्लानिङमा, शाखा संख्या ७९ पुग्यो

नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा पेप्सिकोलाको टाउनप्लानिङमा, शाखा संख्या ७९ पुग्यो



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले काठमाडौंको पेप्सिकोला टाउनप्लानिङमा ७९ औं शाखा विस्तार गरेको छ । साथै बैंकले बुधबार बैंकको परिसरभित्रै ११२ औ एटिएम समेत संचालनमा ल्याएको छ ।

बैंकका संचालक प्रजन्य राजभण्डारी, सूर्यप्रकाश लाल श्रेष्ठ, निरन्जनलाल श्रेष्ठ, भुवनेश्वर प्रसाद शाह तथा बैंकका प्रमुख कार्याकारी अधिकृत ज्योति प्रकाश पाण्डेको उपस्थितिमा शाखा तथा एटिएमको उद्घाटन गरेको बैंकले जानकारी दिएको छ ।

बैंकले विस्तार गरेको उक्त शाखाबाट सम्पूर्ण वित्तीय कारोबारका साथै स्थानीय माग अनुसार सानो, ठूला सबै प्रकारका लकरको समेत व्यवस्था गरेको छ । बैंकले काठमाण्डौं उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५५ शाखामार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले ७ ओटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा तथा १२ एक्सटेन्सन काउन्टर, ९ राजश्व संकलन केन्द्र, ५१ शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंक अफ दि इयर पाँच पटक प्राप्त गरीसकेको बैंकले उत्कृष्ट सेवा तथा व्यवसाय गरेको भन्दै ‘युरोमनि’ नामक अन्तरराष्ट्रिय पत्रिकाबाट युरोमनि अवार्ड फर एक्सिलेन्स बेस्ट बैंक २०१८ प्राप्त गरेको छ ।

साथै यस बर्ष इक्रा नेपालद्धारा प्रदान गरिदै आएको क्रेडिट रेटिङ्गमा ए बाट ए प्लस ल्याई स्त्तरोनती गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL