Logo

कामना सेवा विकास बैंक र एनबीआईबीच सम्झौता, महिला र विद्यार्थीलाई वित्तीय साक्षरता

कामना सेवा विकास बैंक र एनबीआईबीच सम्झौता, महिला र विद्यार्थीलाई वित्तीय साक्षरता



काठमाडौं । कामना सेवा विकास बैंक र नेशनल बैंकिङ ईन्स्टिच्यूटबीच सम्झौता भएको छ । वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले अघि बढाउन बैंक र एनबीआईबीच सम्झौता भएको हो ।

एनबीआईका सहायक महाप्रबन्धक धन थापा र बैंकका प्रमुख कार्यकारी अधिकारी प्रविन बस्नेतले सो सम्झौतामा सोमबार हस्ताक्षर गरेका छन । सम्झौता पछि एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाहरु बारे बैंकका कर्मचारीहरुलाई जानकारी दिने भएको छ ।

बैंकले सबै शाखा तथा संजालमा रहेका कर्मचारीहरुलाई मोबाईल एप बारे ज्ञान दिई ग्राहक माझ वित्तीय साक्षरता कार्यक्रमलाई विस्तार गर्ने भएको छ ।

साथै बैंकले मोबाईल एपमार्फत समाजमा रहेका महिला समुह, किसान, रेमिटान्समा आश्रित परिवारहरु, शिक्षक तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL