Logo

सनराईज बैंकको सामाजिक उत्तरदायित्व, हावाहुरी पिडितलाई राहत

सनराईज बैंकको सामाजिक उत्तरदायित्व, हावाहुरी पिडितलाई राहत



काठमाडौं । सनराईज बैंकले बारा र पर्साका हावाहुरी पिडितलाई विभिन्न प्रयोजनका सामानहरु प्रदान गरेको छ । बैंकले सोमबार आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत गत १७ गते आएको विनाशकारी हुरीका कारण बारामा प्रभावित हरदिया र पर्शुराम गाउँका २ सय पीडित परिवारहरुलाई दैनिक प्रयोजनको लागि आवश्यक समाग्रीहरु हस्तान्तरण गरेको हो ।

बैंकले पिडितलाई भाँडाकुडा, टर्चलाइट, साबुन, तेल, टूथ पेष्ट, टूथ ब्रस आदि राहत सामग्री सहयोग स्वरुप प्रदान गरेको हो ।

हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति पुर्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL