Logo

प्रभु बैंकको सैनिक कल्याणकारी कोष कर्जा कार्यान्वयनमा, कर्जाको चेक हस्तान्तरण

प्रभु बैंकको सैनिक कल्याणकारी कोष कर्जा कार्यान्वयनमा, कर्जाको चेक हस्तान्तरण



काठमाडौं । सैनिक कल्याणकारी कोष र प्रभु बैंक विच सम्पन्न सम्झौता बमोजिम सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा कार्यान्वयनमा आएको छ । आईतबार प्रधानसेनापति महारथी पुर्णचन्द्र थापा र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सैनिक सन्ततीलाई प्रभु बैंकद्धारा स्वीकृत प्राविधिक शिक्षण सहुलियत कर्जाको चेक हस्तान्तरण गरी कर्जा कार्यान्वयनको शुभारम्भ गरेका हुन ।

नेपाल सैनिकद्धारा सञ्चालित सैनिक सन्तती प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ कार्यान्वयनका लागि सैनिक कल्याणकारी कोष र प्रभु बैंक विच एक सम्झौता भएको थियो ।
सम्झौता अनुसार सैनिक कल्याणकारी कोषको सिफारिसमा बहालवाला तथा अवकासप्राप्त सकल दर्जाका सैनिकहरुका छोरा छोरीहरुलाई स्वदेश तथा विदेशमा प्राविधिक विषय अन्तर्गत जस्तै चिकित्साशास्त्र, ईन्जिनियरिङ्ग, सूचना प्रविधि, कृषि र पशु विज्ञान तथा वन विज्ञान संकायमा स्नातक वा सो भन्दा माथिल्लो तहको शिक्षा हासिल गर्नका लागि प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी शैक्षिक कर्जा सुविधा उपलब्ध गराउने भएको हो ।

सम्झौता बमोजिम यो शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा अधिकतम् २५ लाख सम्मको हुनेछ । उक्त शैक्षिक कर्जा सुविधा प्रभु बैंकको बबरमहलस्थित मुख्य शाखा कार्यालय लगायत यो कर्जा सुविधा उपभोग गर्न चाहने सैनिक सन्ततीहरुलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट झण्झटरहित तबरले प्राथमिकताका साथ उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्