Logo

कामना सेवा विकास बैंक र साहारा हस्पिटलबीच सम्झौता, स्वास्थ्य उपचारमा विशेष छुट

कामना सेवा विकास बैंक र साहारा हस्पिटलबीच सम्झौता, स्वास्थ्य उपचारमा विशेष छुट



काठमाडौं । कामना सेवा विकास बैंक र साहारा हस्पिटल प्रालि पोखराबीच सम्झौता भएको छ ।

सम्झौता पछि बैंकका सम्पूर्ण ग्राहक, कर्मचारी तथा उनिहरुका परिवारका साथै अन्य सदस्यहरुले साहारा हस्पिटलमा स्वास्थ्य उपचार गराउँदा तथा औषधी खरिद गर्दा विशेष छुट पाउने भएका छन ।

सम्झौतासँगै बैंकको ब्यवसाय प्रवर्द्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु आकार्षित हुने बैंकले विश्वास लिएको छ ।

बैंकका डिपोजिट एण्ड ट्रान्जेक्सन बैकिङका प्रमुख सुवास भट्टराई र साहारा हस्पिटलका संचालक समितिका अध्यक्ष डा. गिरीधारी शर्माले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

बैंकले ८१ शाखा तथा ३६ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले एबीबीएस, ईन्टरनेट, मोबाईल बैंकिङ सिआश्वा लगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL