काठमाडौं । जनता बैंकले आफ्नो १० औं बार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । बैंकले शनिबार उक्त अवसरमा प्रभातफेरी, स्वास्थ्य शिविर, रक्तदान लगायत कार्यक्रमहरु आयोजना गरेको हो ।
बैंकले शनिबार आफ्नो ९ औं बर्ष पुरा गरी १० औं बर्षमा प्रवेश गरेको छ ।
बैंकले हालसम्म नेपालभर १ सय २८ वटा शाखा कार्यालय, ९४ वटा एटिम, ५० शाखा रहित बैंकिङबाट कारोबार गर्दै ७० अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन र ६५ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
दशौं वर्ष प्रवेशको अवसरमा बैंकले शनिबार विहान बैंकिङ साक्षरता सम्बन्धी प्लेकार्ड तथा ब्यानरसहित प्रभातफेरीको आयोजना गरेको छ । यस्तै बैंकले विभिन्न क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर, रक्तदान, विभिन्न सहयोग तथा छात्रवृत्ति समेत प्रदान गरेको छ ।