Logo

भन्सार विभाग र प्रभु बैंकबीच सम्झौता, राजस्व संकलनमा सहयोग

भन्सार विभाग र प्रभु बैंकबीच सम्झौता, राजस्व संकलनमा सहयोग



काठमाडौं । प्रभु बैंकले नेपाल भारत सिमामा रहेका भन्सार कार्यालयहरुसँग सम्झौता गरेको छ ।

बैंकले केही समय अघि स्तरोन्नती गरेको नेपाल भारत सीमामा रहेका कार्यालयहरुमा प्रभु बैंकले काउण्टर खोली बैंकिङ कारोवार सुरु गरिरहेकामा अव थप ५ अतिरिक्त भन्सार कार्यालयहरुमा समेत सेवा दिने भएको छ ।

बैंकले रौतहटको गौर, सप्तरीको राजविराज, सिरहाको माडर, सर्लाहीको मलंगवा र धनुषाको जनकपुर÷जटही भन्सार कार्यालयहरु मार्फत आफ्नो काउण्टर खोली सेवा दिने भएको हो ।

बैंकले संचालनमा ल्याएको उक्त काउण्टर संचालनका लागि भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाल र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

भारतसँगको सिमानामा संचालनमा आएका उक्त भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा राजस्व संकलनमा बृद्धि हुने बैंकले बिश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्