Logo

सनराईज बैंकले गर्याे नयाँ बर्षको क्यालेन्डर सार्वजनिक

सनराईज बैंकले गर्याे नयाँ बर्षको क्यालेन्डर सार्वजनिक



काठमाडौं । सनराइज बैंकले नयाँ बर्षको क्यालेन्ण्डर सार्वजनिक गरेको छ । बैंकले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै केन्द«ीय कार्यालय, गैरिधारामा विसं २०७६ सालको क्यालेण्डर सार्वजनिक गरेको हो ।

बैंकले अन्नपूर्ण पोष्ट दैनिकको अंकुर र नागरिक दैनिकको जुनकीरि पृष्ठमा १ वर्ष भित्र प्रकाशित विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ५ सम्मका बालबालिकाहरुका चित्रहरूलाई आफ्नो क्यालेन्डरमा समावेश गर्दै आएको छ ।

साना बालबालिकाहरुले आफ्ना मानसपटलमा रहेका सोच, जिज्ञासा तथा रचनाहरुलाई चित्रकारीताको माध्यमबाट अभिव्यक्त गरेकोमा बालबालिकाकोे प्रतिभालाई अझै प्रस्फुटन र प्रोत्साहन गर्ने उद्देश्यले बैंकले उक्त चित्रहरूलाई समावेश गरेको हो ।

उक्त विमोचन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु बच्छराज तातेड, शारदा शर्मा पुडासैनी, दीपक नेपाल, ओम कृष्ण जोशी तथा प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बालबालिकाहरुलाई प्रोत्साहन स्वरुप नगद तथा खाद्य सामाग्रीहरु प्रदान गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL