Logo

नेपाल इन्भेष्टमेण्ट बैंक र गरिमा विकास बैंकबीच सम्झौता, इन्भेष्टमेण्ट बैंकका शाखा मार्फत गरिमा रेमिट सेवा

नेपाल इन्भेष्टमेण्ट बैंक र गरिमा विकास बैंकबीच सम्झौता, इन्भेष्टमेण्ट बैंकका शाखा मार्फत गरिमा रेमिट सेवा



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र गरिमा विकास बैंकबीच सम्झौता भएको छ । ‘गरिमा रेमिट’ सेवा प्रवाह गर्न मंगलबार बैंकहरुबीच सम्झौता भएको हो ।

गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नेपाल इन्भेष्टमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

सम्झौता पछि इन्भेष्टमेण्ट बैंकका सम्पूर्ण शाखा तथा १२ एक्सटेन्सन काउण्टरबाट गरिमा रेमिटमार्फत रकम भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्