Logo

कामना सेवा विकास बैंकको शाखा मोरङको पथरीमा, शाखा संख्या ८० पुग्यो

कामना सेवा विकास बैंकको शाखा मोरङको पथरीमा, शाखा संख्या ८० पुग्यो



काठमाडौं । कामना सेवा विकास बैंकले मोरङको पथरीमा शाखा विस्तार गरेको छ । बैंकले आफ्नो ८०औं शाखाको रुपमा पथरी बजारमा उक्त शाखा विस्तार गरेको हो ।

बैंकका संचालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सो शाखाको उद्घाटन गर्दै कारोबार सुरु गरेको बैंकले जानकारी दिएको छ ।

प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखाको उद्घाटन गरेसँगै बैंकको कम शाखा सञ्जाल भएको पूर्वी नेपालमा ब्यापार प्रवद्र्धनलाई अझ अघि बढाउन सहयोग पुग्ने बताएका छन ।

बैंकले ७९ शाखा तथा ३४ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै एबीबीएस, इन्टरनेट तथा मोबाईल बैंकिङ, सिआश्वा लगातबाट समेत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL