Logo

एनआईसी एशिया बैंकले ल्यायो १५ चमत्कारिक बचत निक्षेप योजना, यस्ता छन विशेषता

एनआईसी एशिया बैंकले ल्यायो १५ चमत्कारिक बचत निक्षेप योजना, यस्ता छन विशेषता



काठमाडौं । एनआईसी एशिया बैंकले १५ नयाँ बचत निक्षेप योजना सार्वजनिक गरेको छ ।
बैंकले २१ वर्ष पुरा गरि २२ औं वर्षमा प्रवेश गर्न लागेको सो अवसरमा १५ बचत निक्षेप योजना मार्फत २२ चमत्कारीक विशेषताहरु सार्वजनिग गरेको हो ।

सो योजनामा चमत्कारिक बचत खाता, नारी बचत, जेष्ठ नागरिक बचत खाता, बाबुनानी बचत खाता, बिद्यार्थी बचत खाता, स्वरोजगार बचत खाता तथा तलब बचत खातालगायतका रहेको छ ।

उक्त निक्षेप योजनाहरुमा ग्राहकले १५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा र १५ लाख रुपैयाँसम्मको १८ घातक रोगहरुको बीमा तथा १ लाख ५० हजार रुपैयाँसम्मको औषधि उपचार बीमा सुविधा प्राप्त गर्न सक्नेछन । साथै कर्जामा समेत विशेष छुट र सहुलियत प्रदान गर्ने बैंकले जानकारी दिएको छ ।

उक्त योजना बैंकका सम्पूर्ण शाखा तथा अनलाइनबाट समेत खाता खोल्न सकिने बैंकले जानकारी दिएको छ ।

बैंकले सार्वजनिक गरेको निक्षेप योजना नेपालमा नै पहिलो पटक स्वयप इन स्वयप आउटको सुविधाबाट बचत खातामा मुद्दती खाताकै सुविधाहरु पाईने छन ।

बैंकले २ सय ८१ शाखा, २ सय ८९ एटिएम, ३९ एक्सटेन्सन काउण्टर तथा २३ शाखा रहित बैंकिङ ईकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL