Logo

माछापुच्छ्रे बैंक र महालक्ष्मी लाइफबीच सम्झौता, बैंकमार्फत बीमा सेवा

माछापुच्छ्रे बैंक र महालक्ष्मी लाइफबीच सम्झौता, बैंकमार्फत बीमा सेवा



काठमाडौं । माछापुच्छ्रे बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच एक सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमका बीच बैंकमार्फत ईन्स्योरेन्स कम्पनीको सेवा दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देश भर रहेका आफ्ना ९७ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको हो ।

कम्पनीले हालसम्म २३ वटा शाखा तथा उपशाखा सञ्चालनको तयारी गरिसकेको छ ।
सम्झौतामा माछापुच्छ्रे बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र महालक्ष्मी लाईफ इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत रामश्ेवर श्रेष्ठले हस्ताक्षर गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL