Logo

कामना सेवा बैंकको ७८ औं शाखा काठमाडौंको बानेश्वरमा, काठमाडौंमा मात्रै पुगे ६ शाखा

कामना सेवा बैंकको ७८ औं शाखा काठमाडौंको बानेश्वरमा, काठमाडौंमा मात्रै पुगे ६ शाखा



काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंमा एक नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले आईतबार काठमाडौंस्थित वडा नं १० मा उक्त ७८ औं शाखा संचालनमा ल्याएको हो ।

बैंकका संचालक विश्वेश्वर सुबेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त शाखाको संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका छन ।

प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त शाखा राजधानीको लागि छैठौँ शाखा भएको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताउँदै काठमाडौं उपत्यकाको व्यापारिक तथा आवासीय क्षेत्र बानेश्वरमा शाखा सञ्चालन भएसँगै बैंकले व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउने जानकारी दिएको छ ।

बैंकले हाल ७८ वटा शाखा तथा ३३ वटा एटिएममार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL