Logo

शाखा विस्तारमा एग्रेसिभ बन्दै गरिमा विकास बैंक, एकैदिन ४ नयाँ शाखा विस्तार

शाखा विस्तारमा एग्रेसिभ बन्दै गरिमा विकास बैंक, एकैदिन ४ नयाँ शाखा विस्तार



काठमाडौं । गरिमा विकास बैंकले एकैदिन ४ शाखा विस्तार गरेको छ । बैंकले शुक्रबार सुर्खेतको बीरेन्द्रनगर, बाँकेको चप्परगौडी, लमजुङको बेसीशहर र नुवाकोटको बट्टारमा शाखा विस्तार गरेको हो ।

बैंकले विस्तार गरेको बीरेन्द्रनगर शाखाको बीरेन्द्रनगर नगरपालिकाका मेयर देव कुमार सुवेदी तथा चप्परगौडी शाखाको नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालयका नायब निर्देशक नारायण पोखरेलले उद्घाटन गरेका छन ।

त्यस्तै बेसीशहर शाखाको बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल तथा बट्टार शाखाको विदुर नगरपालिकाका मेयर सञ्जु पंडितले उद्घाटन गरेकी छिन ।

बैंकले काठमाण्डौं उपत्यकाभित्र ८ शाखा सहित देशभर ७२ शाखा र १८ एटीएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले केही समयमै पर्साको बीरगंज, चितवनको मिलनचोक, दाङ्गको तुल्सीपुर र कास्कीको हेम्जालगायतका स्थानहरुमा थप १९ शाखा विस्तार गर्ने भएको छ ।

२०७५ चैत्र १४ गतेसम्म विकास बैंकले २९ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब १० करोड कर्जा लगानी गरेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL