काठमाडौं । सिभिल बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूट (एनबिआई) बीच सम्झौता भएको छ । वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले विस्तार गर्नका लागि बैंक र ईन्टिच्युटबीच शुक्रबार सम्झौता भएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र एनबिआईका प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले सो सम्झौतामा हस्ताक्षर गरेका छन । सम्झौता अनुसार एनबि आइको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना र सुविधाहरुबारे बैंकका कर्मचारीहरुलाई जानकारी दिने भएको छ ।
साथै बैंकले उक्त एप मार्फत महिला समुह, किसान, रेमिटान्समा आश्रित परिवार लगायतलाई वित्तीय साक्षरताबारे जानकारी गराउनेछ । एनबिआईले बैंकलाई आवश्यक परेको खण्डमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमको समेत व्यवस्थापन गर्नेछ ।