Logo

विराटलक्ष्मीको सञ्चालन नाफा साढे ९ करोड, खुद नाफा ३२ प्रतिशत बढ्यो

विराटलक्ष्मीको सञ्चालन नाफा साढे ९ करोड, खुद नाफा ३२ प्रतिशत बढ्यो


रामराजा श्रेष्ठ
0
Shares

विजखबर संवाददाता

९, वैशाख । विराट लक्ष्मी विकास बैंकले चालू आर्थिक वर्षको पहिलो ९ महिनामा ६ करोड १२ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३२ दशमलव ५७ प्रतिशत बढी हो ।

बैंकले यस अवधिमा सञ्चालन नाफा २ करोड ३६ लाख ५४ हजार रुपैयाँ बढाएर ९ करोड ६२ लाख ७५ हजार पुर्याएको छ । ब्याज आम्दानीसँगै सञ्चालन नाफा बढेपछि खुद नाफामा सुधार देखिएको हो ।

बैंकले यस अवधिमा ३ अर्ब ९७ करोड २४ लाख २७ हजार रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ७४ करोड ३१ लाख ८ हजार कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL