Logo

कामना सेवा बैंकको एकैदिन २ नयाँ शाखा विस्तार, पुग्यो उदयपुर र सप्तरी

कामना सेवा बैंकको एकैदिन २ नयाँ शाखा विस्तार, पुग्यो उदयपुर र सप्तरी



काठमाडौं । कामना सेवा विकास बैंकले एकैदिन २ नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले बुधबार उदयपुरको त्रियुगा र सप्तरीको राजविराजमा उक्त २ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।

बैंकले यी २ नयाँ शाखा संचालनमा ल्याएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या ७७ पुगेको छ ।
बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुभारम्भ भएको बैंकले जानकारी दिएको छ ।

सोही क्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले यी शाखा समेत गरि प्रदेश नं. २ मा दश शाखा र प्रदेश नं. १ मा ४ शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL