काठमाडौं । एभरेष्ट बैंक र नेपाल नेशनल अस्पतालबीच एक सम्झौता भएको छ । बैंकका ग्राहकलाई उक्त अस्पतालमा छुट र स्पेशल प्याकेज उपलब्ध गराउने उद्देस्यले उक्त सम्झौता भएको हो ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले अस्पतालको विभिन्न सेवा शुल्कमा १० देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन ।
ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्ने बैंकले जानकारी दिएको छ ।