Logo

सनराइज बैंकको स्वास्थ्य बीमा योजना भारतमा पनि लागू हुने, ३ पटक सम्म बीमा दाबी गर्न पाईने

सनराइज बैंकको स्वास्थ्य बीमा योजना भारतमा पनि लागू हुने, ३ पटक सम्म बीमा दाबी गर्न पाईने



काठमाडौं । सनराइज बैंकको स्वास्थ्य बीमा योजना सुविधा अब भारतमा समेत लागू हुने भएको छ । बैंकले स्वास्थ्य बीमा योजनामा भारतका विभिन्न १५ ओटा अस्पतालहरु पनि समावेश गरेको जानकारी दिएको छ ।

बैंकले दिँदै आएको स्वास्थ्य योजना अनुसार बैंकका बचतकर्ताहरूले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च, बढीमा १ लाख रूपैयाँ वा बचत खातामा रहेको बार्षिक औसत मौज्दातको २५ प्रतिशतभन्दा नबढ्ने गरी नगद दाबी गर्न सक्ने छन् ।

अब हरेक ग्राहकले बर्षमा ३ पटक सम्म बीमा दाबी गर्न सक्ने बैंकले जानकारी दिएको छ । साथै बैंकका बचतकर्ताहरूले ५ लाखसम्मको दुर्घटना बिमा समेत पाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL