Logo

कामना सेवा विकास बैंकको शाखा रौतहटको चन्द्रपुरमा, शाखा संख्या ७५ पुग्यो

कामना सेवा विकास बैंकको शाखा रौतहटको चन्द्रपुरमा, शाखा संख्या ७५ पुग्यो



काठमाडौं । कामना सेवा विकास बैंकले रौतहटको चन्द्रपुर नगरपालिका ४ चन्द्रपुरमा शाखा विस्तार गरेको छ ।

बैंकले विस्तार गरेको सो शाखाको बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

शाखा उद्घाटनमा बोल्दै प्रमुख कार्यकारी अधिकृत बस्नेतले व्यापार विस्तारलाई तिब्रता दिने उद्देश्यले यसै हप्ता ४ ओटा शाखा विस्तार गर्ने जानकारी दिएका छन ।

बैंकले विस्तारित शाखासँगै ७४ शाखा तथा ३० एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले एबीबीएस, इन्टरनेट तथा मोबाईल बैंकिङ, सिआश्वा लगायतका माध्यमबाट समेत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL