Logo

राष्ट्रिय वाणिज्य बैंक र एनबीआईबीच सम्झौता, बैंकका कर्मचारीलाई मोबाईल एप मार्फत वित्तीय साक्षरता

राष्ट्रिय वाणिज्य बैंक र एनबीआईबीच सम्झौता, बैंकका कर्मचारीलाई मोबाईल एप मार्फत वित्तीय साक्षरता



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिग इन्स्टिच्यूट (एनबीआई) बीच वित्तीय सम्झौता भएको छ ।

साक्षरता कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन सो सम्झौता गरेको बैंकले जानकारी दिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र इन्स्टिच्यूटका प्रमुखकार्यकारी अधिकृत सन्जीव सुब्बाले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार इन्स्टिच्यूटले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाहरु बारे बैंकका कर्मचारीहरुलाई जानकारी दिने भएको छ ।

बैंकले आफनो सम्पूर्ण शाखाका कर्मचारीहरुलाई इन्स्टिच्यूट मोबाईल एपबारे जानकारी दिई वित्तीय साक्षरता कार्यक्रमलाई विस्तार गर्न प्रेरित गर्ने भएको छ ।

साथै बैंकले इन्स्टिच्यूट मोबाईल एपमार्फत महिला समुह, किसान, रेमिटान्समा आश्रित परिवार, शिक्षक लगायतलाई वित्तीय साक्षरताबारे जानकारी गराउनेछ ।

इन्स्टिच्यूटले आवश्यक भएमा बैंकहरुलाई विशेष छुटमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमको व्यवस्थापन समेत गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्