Logo

कामना सेवा विकास बैंकको नयाँ शाखा बाराको निजगढमा, शाखा संख्या ७४ पुग्यो

कामना सेवा विकास बैंकको नयाँ शाखा बाराको निजगढमा, शाखा संख्या ७४ पुग्यो



काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले सोमबार एक कार्यक्रमको आयोजना गर्दै बारा जिल्लाको निजगढ नगरपालिकाको निजगढमा उक्त नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो । बैंकले उक्त नयाँ शाखा संचलनमा ल्याएसँगै बैंकको शाखा संख्या ७४ पुगेको छ ।

बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन ।

बैंकले हालसम्म ७३ वटा शाखा तथा २९ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL