काठमाडौं । कामना सेवा बिकास बैंक र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।
बैंकले आफ्ना ग्राहकलाई एकद्धार सेवा प्रणलीमार्फत निर्जिवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले सो सम्झौता गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत र कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।
सम्झौता पछि कम्पनी तथा बैंकका सम्पूर्ण शाखा मार्फत ग्राहकले बीमा शुल्क भुक्तानी, दावी भुक्तानी, तथा निर्जिवन बीमा सेवा प्राप्त गर्न सकिनेछ ।