Logo

प्रभु बैंकको नयाँ शाखा ताप्लेजुङको फुङलिङमा, आजैदेखि संचालन

प्रभु बैंकको नयाँ शाखा ताप्लेजुङको फुङलिङमा, आजैदेखि संचालन



काठमाडौं । प्रभु बैंकले ताप्लेजुङको फुङलिङमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले आईतबार एक कार्यक्रमको आयोजना गर्र्दै उक्त नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।

बैंकको फुङलिङ शाखा कार्यालयको फुङलिङ नगरपालिकाका मेयर छत्रपती प्याकुरेलले एक समारोहका विच उद्घाटन गरेका हुन ।

आजदेखि सञ्चालनमा आएको प्रभु बैंकको फुङलिङ शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन । उक्त शाखामार्फत फुङलिङ नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्