Logo

सनराइज बैंक र भारतको दुई अस्पतालबीच सम्झौता, ग्राहकको उपचारमा ५० प्रतिशत छुट

सनराइज बैंक र भारतको दुई अस्पतालबीच सम्झौता, ग्राहकको उपचारमा ५० प्रतिशत छुट



काठमाडौं । सनराईज बैंकले भारतका दुई अस्पतालसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई भारतमा गएर सहज र सहुलियत रुपमा उपचार गर्नका लागि भारतका अस्पतालसँग सम्झौता गरेको जानकारी दिएको छ ।

बैंकले आफ्ना सम्पूर्ण ग्राहकलाई अझै उच्चस्तरीय सुबिधा दिने उद्देश्य अनुरुप भारतको विएलके सुपर स्पेसियालिटी र नानाभाती सुपर स्पेसियालिटी हस्पिटलसँग सम्झौता गरेको हो ।

सम्झौता अनुसार अब बैंकका सम्पुर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहक बाहकले ती हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा अधिकतम ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र हस्पिटलहरुका प्रमुख बिक्री तथा बजार प्रबन्धक सुनिल कपूरले मंगलबार हस्ताक्षर गरेका हुन् ।

सम्झौता भएका दुई हस्पिटल भारत प्रतिष्ठित हस्पिटल भएको र जसले विभिन्न देशका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएका छन् । उक्त सम्झौता अनुसार
सनराईज बैंकका सम्पुर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहक वर्गले साधारण परिक्षण देखि भर्ना खर्चसम्ममा ५० प्रतिशतसम्म छुट पाउनेछन् ।

साथै सम्पूर्ण मेडिकल अपोइन्ट्मेन्ट्हरुको समन्वय, विमानस्थलमा ल्याउने–पुर्याउने लगायत अन्य सेवा तथा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । यस योजनाले सन्राइज बैंकका सम्पुर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहक वर्गलाई लाभान्वित बनाउने बैंकको दावी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्