काठमाडौं । कामना सेवा विकास बैंकले ‘स्वर्णिम सुरक्षित बैंकान्स्योरेन्स र रिकरिङ’ योजना सार्वजनिक गरेको छ ।
बैंकले ल्याएको ३ नयाँ बचत योजनामा १ लाख रुपैयाँको स्वास्थ्य बीमा र ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सहित स्वर्णिम सुरक्षित बचत खाता रहेको छ ।
बैंकले १ तोला चाँदीको सिक्का उपहार सहित बैंकान्स्योरेन्स बचत खाता र मासिक बचत गर्न सकिने मुद्दति रिकरिङ खाता संचालनमा ल्याएको हो ।