काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज(केएमसी) मा आफ्नो ११औं एक्स्टेन्सन काउन्टर र १ सय ११औं एटिएम एकसाथ संचालनमा ल्याएको छ ।
बैंकले संचालनमा ल्याएको उक्त काउन्टर र एटिएमको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र काठमाडौं मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्राडा दामोदर प्रसाद पोखरेलल उद्घाटन गरेका हुन ।
बैंकले सोमबारदेखि जन्मने नवजात शिशुहरुको खाता खोलिएमा निशुल्क ५ सय रुपैयाँ खातामा राखिदिने र उक्त खातामा बैंकले तोकेको न्युनतम औषत मौज्दात जम्मा भएपछि जन्मदिनमा बैंकले केक उपहार दिने जानकारी दिएको छ ।
बैंकका अनुसार उक्त काउन्टरले रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गर्ने छ । मासिक लगभग ३० हजार विरामीको उपचार हुने अस्पतालमा मेडिकल साइन्सका विभिन्न संकायमा १ हजार भन्दा बढी विद्यार्थीहरु अध्यायनरत छन भने १ हजार कै हाराहरीमा डाक्टर तथा कर्मचारीहरु कार्यरत छन् ।