Logo

सेञ्चुरी बैंकको ८ औं वार्षिकोत्सव, निशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम संचालन

सेञ्चुरी बैंकको ८ औं वार्षिकोत्सव, निशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम संचालन



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नर्भिक इन्टरनेशनल हस्पिटल, नेपाल रेडक्रस सोसाईटी तथा केन्द्रिय रक्तसञ्चार सेवाको सहयोगमा बैंकले शिविर तथा रक्तदान कार्यक्रम संचालन गरेको हो । रक्तदान कार्यक्रममा ६० जनाले रगत दान गरेको बैंकले जानकारी दिएको छ ।

बैंकले आफ्नो ८ औं वार्षिकोत्सवको अवसरमा स्वस्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । बैंकले संचालन गरेको उक्त शिविरमा मुटु सम्बन्धि र हृदयघात भएमा अपनाउनुपर्ने उपचार प्रविधिको बारेमा जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्