Logo

शाखा विस्तारमा एग्रेशिभ हुँदै मुक्तिनाथ बैंक, एकैदिन २ नयाँ शाखा विस्तार

शाखा विस्तारमा एग्रेशिभ हुँदै मुक्तिनाथ बैंक, एकैदिन २ नयाँ शाखा विस्तार



काठमाडौं । मुक्तिनाथ विकास बैंकले एकैदिन २ नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीबार कार्यक्रमको आयोजना गर्दै भक्तपुर जिल्लाको ठिमी र काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा औपचारिक रुपमा नयाँ शाखा कार्यालय विस्तार गरेको हो ।

ठिमी शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेल तथा बनेपा शाखाको उद्घाटन बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह वादे श्रेष्ठले गरेका थिए । शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथिहरुले बैंकको प्रगतिको कामना गरेका छन ।

बैंकले हाल देशैभरी १ सय १४ वटा शाखा, २० वटा एटिएम र करिब ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा प्रदान गर्दै आएको छ । ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु , रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, एटिएम कार्ड सेवा, एविविएस जस्ता सुविधाहरु उपलब्ध गराउदै आएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL