Logo

मुक्तिनाथ बैंकको वित्तीय साक्षरता कार्यक्रम उदयपुरमा, विद्यार्थीलाई वित्तीय शिक्षा

मुक्तिनाथ बैंकको वित्तीय साक्षरता कार्यक्रम उदयपुरमा, विद्यार्थीलाई वित्तीय शिक्षा



काठमाडौं । मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले ‘आजको आवश्यकता, विद्यार्थीहरुमा वित्तीय साक्षरता’ भन्ने नारा सहित मरुवा माध्यमिक विद्यालय कटारी ४ उदयपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकले विद्यार्थीहरुलाई वित्तीय कारोबार बारे चेतना जगाउने, विद्यार्थीहरुको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना लगायतको विषयमा चेतनाको अभिबृद्धि गराउन सो कार्यक्रम गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL