Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, महाकवि देवकोटा माविलाई आर्थिक सहयोग

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, महाकवि देवकोटा माविलाई आर्थिक सहयोग



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महाकवि देवकोटा माध्यमिक विद्यालयलाई आर्थिक सहयोग हस्तान्तरण गरको छ ।

बैंकले बर्दियाको गुलरिया (मथुराद्वार) स्थित महाकवि देवकोटा माविलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

बर्दियाको गरिव तथा थारु, मुस्लिम, मधेसी, जनजाती, दलित जातिका करिव १ हजार ३ सय २५ जना बालबालिकाहरूको शिक्षाको गुणस्तर वृद्धिका लागि उक्त रकम खर्चिने समेत विद्यालयले जानकारी दिएको छ ।

बैंकले ८१ शाखा, ७५ एटिएम तथा ९९ शाखा रहित बैंकिङ इकाई मार्फत सेवा प्रदान गर्दै आईरहको छ ।

बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिटान्स सेवा, बैंकान्स्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा लगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL