Logo

प्रभु बैंकको १७ औं वार्षिक साधारण सभा सम्पन्न, चुक्ता पूँजीको ८ प्रतिशत बोनश सेयर वितरण गर्ने

प्रभु बैंकको १७ औं वार्षिक साधारण सभा सम्पन्न, चुक्ता पूँजीको ८ प्रतिशत बोनश सेयर वितरण गर्ने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेडले चुक्ता पूँजीको ८ प्रतिशत बोनश सेयर वितरण गर्ने भएको छ । बैंकको १७ औं वार्षिक साधारण सभाले उक्त बोनश सेयर वितरण गर्ने निर्णय गरेको हो ।

बैंकको वार्षिक साधारण सभाले सामान्य तथा विशेष प्रस्तावहरु पारित गर्दै बैंकले गत आ.व. २०७४÷७५ को मुनाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनश सेयर वितरण गर्ने निर्णय गरेको हो ।

साधारणसभाले संस्थापक समूह तर्फ कायम रहेको ६१ दशमलब ३१ प्रतिशत र सर्वसाधारण समूह तर्फ कायम रहेको ३८ दशमलब ६९ प्रतिशतको सेयर संरचना परिवर्तन गरी संस्थापक समुह तर्फ ५५ प्रतिशत र सर्वसाधारण समूह तर्फ ४५ प्रतिशत पुर्याएको छ ।

त्यस्तै बैंकले अन्य बैंक तथा वित्तीय संस्था एक्विजिशन तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्याङ्कन गर्न मान्यताप्राप्त मुल्याङ्कनकर्ता समेत नियुक्ती गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

बैंकको वार्षिक साधारण सभाले ८ प्रतिशत बोनश सेयर वितरण गर्ने निर्णय पछि बैंकको जारी तथा चुक्ता पूँजी ८ अर्ब ८९ करोड २६ लाख ७८ हजार ९ सय रुपैयाँ पुगेको छ ।

बैंकले १० एक्स्टेन्सन काउण्टर, १ सय ३२ एटिएम, १ सय ६५ शाखा कार्यालय तथा शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्