Logo

सिटिजन्स बैंक र बिएफआईएन बीच सम्झौता, बैंकका कर्मचारीलाई तालिम प्रदान गर्ने

सिटिजन्स बैंक र बिएफआईएन बीच सम्झौता, बैंकका कर्मचारीलाई तालिम प्रदान गर्ने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र बैंकिङ, फाईनान्स तथा इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल (बिएफआईएन) बीच सम्झौता भएको छ ।

ईन्ष्टिच्युट र बैंकबीच बिहीबार बैंकका कर्मचारीहरुलाई तालिम प्रदान गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि बिएफआईएनले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ तालिमहरु प्रदान गर्ने छ । यसका साथै बिएफआईएनले आयोजना गर्ने विभिन्न किसिमका सम्मेलन, सेमिनार तथा कार्यशालाहरूमा बैंकको सहभागिता रहने बैंकले जानकारी दिएको छ ।

अब आउने निकट भविष्यमा पनिे कर्मचारीहरूको वृति विकाशका निमित्त विभिन्न कार्यक्रमहरू संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।

बैंकले हाल देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईमार्फत बैंकिङ सेवा दिईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL