काठमाडौं । कामना सेवा विकास बैंकले धनुषाको पिडारी चोकमा शाखा विस्तार गरेको छ ।
बैंकले धनुषाको जनकपुर उपमहानगरपालिका ९ स्थित पिडारी चोकमा मंगलबार शाखा विस्तार गरेको हो ।
जनकपुर उपमहानगरपालिका मेयर लाल बहादुर साह, बैंकका संचालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उद्घाटन गरेका हुन । साथै सोही अवसरमा एटिएम शाखाको समेत उद्घाटन गरेको बैंकले जानकारी दिएको छ ।
बैंकले ६८ शाखा तथा २० एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले एबीबीएस, इन्टरनेट, मोबाइल बैंकिङ तथा सिआश्वा लगायतका सेवा समेत उपलब्ध गराउँदै आएको छ ।