Logo

एनआईबीएलले ल्यायो क्रमिक मुद्दती खाता, मासिक ३ सय ३३ रुपैयाँ बचत

एनआईबीएलले ल्यायो क्रमिक मुद्दती खाता, मासिक ३ सय ३३ रुपैयाँ बचत



काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट बैंकले एनआईबीएल क्रमिक मुद्दती खाता संचालनमा ल्याएको छ । ३३ बर्ष पार गरेको अवसरमा बैंकले मंगलबार बाट नै संचालनमा ल्याउने गरी उक्त सेवाको सुरुवात गरेको हो ।

बैंकको कुनै पनि बचत खाता खोल्ने ग्राहकले क्रमिक मुद्यती खाता खोल्न सक्ने छन र हरेक महिना न्युनतम ३ सय ३३ रुपैयाँ जम्मा गरेर ३३ महिनाको अवधिका लागि उच्चतम ९ दशमलव २५ प्रतिशत ब्याज पाउन सक्ने छन ।

थोरै थोरै नगद जम्मा गरेर पनि मुद्यती खाता खोली भविश्यका लागि आर्थिक जोहो गर्न सकिन्छ भन्ने विषयलाई महत्व दिइएको बैंकले जानकारी दिएको छ ।

त्यस्तै बालबालिकाहरुमा वित्तिय साक्षरता विस्तार गर्ने उदेश्यले आजैबाट बैंकसँगको नाता, मेरो आफ्नै बचत खाता नाममा चित्रकथा सार्बजनिक गरेको छ ।

विषेश गरी वालवालिकाहरुलाई सानै उमेरदेखि नै बैंकको महत्व तथा फाइदा बुझाई उनीहरुमा बचत गर्ने बानीको विकास गर्नका लागि बैंकले जानकारी मूलक बाल चित्रकथा प्रकाशनमा ल्याएको हो ।

त्यस्तै ३३औं वार्षिकोत्सवको अवसरमा बैंकको भिसा कार्ड प्रयोगकर्ताहरुका लागि पीओएस मेसिन प्रयोग गर्दा ३३ प्रतिशत ३३ दिनका लागि प्रदान गर्ने भएको छ ।

यस वर्षदेखि बैंकले आफ्ना कार्ड संजालमा मास्टरकार्डको सेवा संचालनमा ल्याएको छ ।
आर्थिक वर्ष २०७४(७५ को अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ भने जगेडा तथा कोषको रकम ९ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL