Logo

कामना सेवाकोे बैंकको शाखा सर्लाहीको हरिवनमा, शाखा संख्या ६७ पुग्यो

कामना सेवाकोे बैंकको शाखा सर्लाहीको हरिवनमा, शाखा संख्या ६७ पुग्यो



काठमाडौं । कामना सेवा विकास बैंकले सर्लाहीको हरिवनमा शाखा विस्तार गरेको छ । बैंकले हरिवन नगरपालिका ११ मा सोमबार ६७ औं शाखा विस्तार गरेको हो ।

बैंकका संचालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

उक्त शाखा प्रदेश नं २ को लागि तेस्रो शाखा भएको र थप शाखाहरु सञ्चालनमा ल्याउने गरि काम भईरहेको प्रमुख कार्यकारी अधिकृत बस्नेतले जानकारी दिएका छन ।

बैंकले ६७ शाखा २० एटिएम मार्फत सेवा दिँदै आईरहेको छ । साथै बैंकले एबीबीएस, इन्टरनेट, मोबाइल बैंकिङ, सिआश्वा लगायतबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्